रामेछाप जिल्ला प्रदर्शन, धर्ना लगायतका कार्य गर्न निषेध

ताजा समाचारको लागि फलो गर्नुहोस ।

रामेछाप(दीस)ः जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्ला प्रशासन कार्यालय आसपासको क्षेत्रमा प्रदर्शन तथा धर्ना दिने निषेध गरेको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले आईतवारबाट जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम प्रदर्शन, धर्ना लगायतका कार्य गर्न निषेध गर्नु भएको हो ।
जिल्लाको मुख्य प्रशासनिक केन्द्र तथा मुख्य आवागमन मार्गमा भेला,अनसन, धर्ना घेराउ र विरोध प्रदर्शन गर्दा शान्ति सुरक्षा भंग हुनसक्ने तथा यसबाट सर्वसाधारणलाई सेवा प्रवाहमा बाधा पर्ने भएको ले जिल्ला सुरक्षा समितिको माघ १४ गते बसेको बैठकको शिफारिस अनुसार सदरमुकाम मन्थली स्थित राष्ट्रिय बाणिज्य बैंक देखि जिल्ला प्रशासन कार्यालय हुँदै कृषि विकास बैंक जाने सडक र सो सडकको ५० मिटर वरपरको क्षेत्रमा दुई महिना सम्म प्रदर्शन, धर्ना घेराउ लगायतका काम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख छ । साथै उक्त क्षेत्रमा पाँचजना भन्दा बढी भेलाहुन समेत निषेध गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले बताएको छ 

Shares

Be the first to comment on "रामेछाप जिल्ला प्रदर्शन, धर्ना लगायतका कार्य गर्न निषेध"

Leave a comment

Your email address will not be published.


*