काेराेना सङ्क्रमित १२सय १२ ,अाज १सय ७० थपिए

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकाेट (दीस)-नेपालमा शुक्रवार १७० कोरोनाभाइरस सङ्क्रमित थपिएको र एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीवार अपराह्ण नेपालमा अब सङ्क्रमितको कुल सङ्ख्या १,२१२ पुगेको बताए।

यो एकै दिन बढेको अहिलेसम्मको सर्वाधिक सङ्ख्या हो। बुधवार ११४ जनामा र बिहीवार १५६ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

प्रवक्ता डा. देवकोटाका अनुसार बुधवार राति अर्घाखाँचीका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।

मृतक हालै भारतबाट नेपाल प्रवेश गरेको मन्त्रालयले जनाएको हो।

डा. देवकोटाका अनुसार अहिलेसम्म निको हुनेको सङ्ख्या २०६ छ।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले देशभरि ९९,३३६ व्यक्ति क्वारन्टीन र १,००० जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन्।

Shares

Be the first to comment on "काेराेना सङ्क्रमित १२सय १२ ,अाज १सय ७० थपिए"

Leave a comment

Your email address will not be published.


*