पर्यटनमा नक्कली उद्धार र उपचारको गिरोह

ताजा समाचारको लागि फलो गर्नुहोस ।

साउन १५, २०७५

काठमाडौं–सरकार २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएर प्रवद्र्धनमा जुटिरहेकै वेला विदेशी सञ्चारमाध्यममा भने नेपालको पर्यटन उद्योग बदनाम हुने समाचार प्रकाशित भइरहेका छन् । पर्यटकलाई नियोजित रूपमा बिरामी पारेर संगठित रूपमा बिमा रकम दाबी गर्ने ‘उद्धार र उपचार’को र्‍याकेट सञ्चालनमा रहेको समाचारहरूमा उल्लेख छ ।

व्यवसायीहरूका अनुसार नक्कली बिरामीको उद्धार र उपचारको धन्दा सुरु भएकै कम्तीमा एक दशक बितेको छ । चल्तीकै ट्रेकिङ कम्पनीले वर्षमा औसतमा एउटा पर्यटकलाई पनि पदयात्राबाट उद्धार गर्नुपरेको छैन । तर, फ्लाइट कनेक्सन ट्रेकिङ कम्पनीले तीन वर्षमै एक हजारभन्दा बढी पर्यटकलाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचार गराएर बिमा रकम बुझेको छ ।  आजको नयाँ पत्रिकामा विस्तृत खबर छापिएको छ

Shares

Be the first to comment on "पर्यटनमा नक्कली उद्धार र उपचारको गिरोह"

Leave a comment

Your email address will not be published.


*