खिम्ती १ र २ को सेयर आजबाट

ताजा समाचारको लागि फलो गर्नुहोस ।

जिरी, २० चैत
हिमालयन ऊर्जा विकास कम्पनीको साधारण सेयर आवेदन खुलेको छ । कम्पनीले रामेछापमा निर्माणाधीन १२ मेगावाटको उपल्लाे खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती जलविद्युत आयोजनाको साधारण सेयर आवेदन खुलाएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित १४ करोड ८५ लाख रुपैयाँ मूल्यको १४ लाख ८५ हजार कित्ता सेयर निष्कासन गरेको छ । निष्कासन भएको सेयरको ३ प्रतिशत अर्थात ४४ हजार ५ सय ५० कित्ता कम्पनीमा कार्यरत कर्मचारीका र ५ प्रतिशत हुन आउने ७४ हजार २ सय ५० कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी १३ लाख ६६ हजार २ सय कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको कम्पनीले जनाएको छ । लगानीकर्ताले छिटोमा चैत २५ र ढिलोमा बैशाख १९ गतेभित्र आवेदन दिनु पर्नेछ । न्युनतम ५० देखि अधिकतम ६ हजार ५ सय कित्ताका लागि आवेदन दिन सकिनेछ ।

Shares

Be the first to comment on "खिम्ती १ र २ को सेयर आजबाट"

Leave a comment

Your email address will not be published.


*