दोलखाका शुदर्शन दाहाल बने बागमती प्रदेशको नमुना मुख्यमन्त्री

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर दहाल (चरिकोट ) –दोलखाका सुदर्शन दहाल मुख्य मन्त्री हुनु भएको छ । युवा परिषद बागमती प्रदेशको आयोजनामा हेटौंडामा सञ्चालन भएको पाँच दिने नमुना प्रदेश युवा सभा अभ्यास कार्यक्रममा उहाँ नमुना मुख्यमन्त्री हुनु भएको हो । पाँच दिन चलेको सो अभ्यास कार्यक्रममा दाहालको अध्यक्षतामा बागमती प्रदेश युवा सञ्जाल समेत गठन गरिएको थियो ।
प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको अध्यक्षता र युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालको प्रमुख आतिथ्यतामा उद्धघाटन कार्यक्रम सम्पन्न भएको थियो भने ,समापन कार्यक्रम बागमती प्रदेश सभाका सभामुख सानु कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा पुर्व मुख्य मन्त्री डोरमणी पौडेलले सहभागिता जनाउनु भएको थियो । प्रशिक्षणमा प्रदेशका १३ जिल्लाबाट ७० जना युवाको सक्रिय सहभागीता रहेको थियो ।

Shares

Be the first to comment on "दोलखाका शुदर्शन दाहाल बने बागमती प्रदेशको नमुना मुख्यमन्त्री"

Leave a comment

Your email address will not be published.


*