दोलखाबाट ५ कैदीबन्दी छुट्दै

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट । कोरोना भाईरस (कोभिड–१९)को सम्भावित संक्रमणबाट जोगाउनको लागि सर्वोच्च अदालतको आदेशअनुसार चरिकोट कारागारमा रहेका ५ कैदीबन्दी छुट्ने भएका छन् ।

सर्वोच्च अदालतको आदेश कार्यान्वयन गराउन कारागार व्यवस्थापन विभागले गरेको परिपत्रअनुसार विभिन्न कसुरमा सजाय पाएर चरिकोट कारागारमा बन्दी जीवन विताईरहेका ५ जना कैदीबन्दीहरु कैद मुक्त हुने भएका हुन् । कोरोना संक्रमणबाट जोगिन र भीडभाड कम गर्न सर्वोच्च अदालतले मापदण्ड पुगेका कैदीबन्दीहरुलाई कैद मुक्त गर्ने निर्णय गरेको थियो ।

नकारात्मक सूची अर्थात करिब १३ ओटा संगिन अपराध बाहेकको कसुरमा ५० प्रतिशत कैद भुक्तान गरेका ५ जना कैदीबन्दीलाई कैद मुक्तको लागि सिफारिस गरिएको चरिकोट कारागारका जेलर नथु शाहले जानकारी दिए ।

चरिकोट कारागारले चैत १७ गते ५ जनालाई कैद मुक्त गर्न कारागार व्यवस्थापन विभागलाई सिफारिस गरेको जेलर शाहले जानकारी दिए । सिफारिसमा परेकाहरुमध्ये कम्तिमा २ बर्षदेखि बढिमा ५ बर्षसम्म कैद सजाय पाएर ५० प्रतिशत कैद भुक्तान, कारागारमा असल चालचालन देखाएका कैदीबन्दीहरु परेका छन् ।

कैद मुक्तको सिफारिसमा कालिञ्चोक गाउँपालिका–२ बाबरेका खड्गबहादुर बुढाथोकी, भीमेश्वर नगरपालिका–४, जिलुका राजु श्रेष्ठ र अमृत श्रेष्ठ, तामाकोशी गाउँपालिका–३, जफेका अर्जुन नेपाली र त्रियुगा नगरपालिका–२, उदयपुरका ललित चौधरी रहेको जेलर शाहले बताए । गृह मन्त्रालयको निर्णयलगत्तै ५ जनालाई नै परिवारको जिम्मा लगाईने जेलर शाहको भनाई छ । चैत ७ गते बसेको सर्वोच्च अदालतको फूल कोर्टको आदेशानुसार गृह मन्त्रालयले मापदण्ड पुगेकाहरुको सिफारिस गर्न पत्राचार गरेको थि

Shares

Be the first to comment on "दोलखाबाट ५ कैदीबन्दी छुट्दै"

Leave a comment

Your email address will not be published.


*