दोलखामा ४ हजार भुकम्पपीडितले अझै घर बनाएनन्

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट – दोलखामा निजी आवास पूननिर्माणका लागि पहिचान भएका लाभग्राहीमध्ये ४ हजार ३ सय ९ परिवारसँग अझै घर निर्माणको सम्झौता हुन सकेको छैन । भुकम्पीय आवास पुर्नर्निमाण आयोजना, जिल्ला आयोजना कार्यान्वयन इकाई दोलखाले दिएको जानकारीअनुसार जिल्लामा ७२ हजार ८ सय ७८ परिवार लाभग्राहि पहिचान भएका छन । जसमा ६६ हजार ६ सय ५२ परिवारले मात्र प्रथम किस्ता लिएका छन् ।  जिल्लाका ९ स्थानीय तहमध्ये शैलुङ्ग गाउँपालिकामा सबैभन्दा धेरै १ हजार १ सय ३६ परिवारसँग अनुदान सम्झौता हुन बाँकी रहेको छ । गाउँपालिकाको वडा नं. ८ मा मात्र ५ सय ९३  परिवार सम्झौता गर्न बाँकी छन् । अनुदान सम्झौता हुन दोश्रो  धेरै संख्या भएको स्थानीय तह भीमेश्वर नगरपालिका रहेको छ । नगरपालिकामा ९ सय परिवारसँग सम्झौता गर्न बाँकी रहेको कार्यालयले दीक्षण दैनिकलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
दोलखामा रहेका ७४ वडामध्ये ५ वटा वडामा भने पहिचान भएका सबै लाभग्राहिले अनुदान सम्झौता गरेका छन् । यसरी सबै लाभग्राहीले अनुदान सम्झौता गरेका वडाहरुमा भीमेश्वर नगरपालिका वडा नं. ४, गौरीशंकर गाउँपालिका वडा नं. ५ र ८, जिरी नगरपालिका वडा नं. १ तथा मेलुङ्ग गाउँपालिकाको वडा नं. ६
रहेका छन् । दोलखा जिल्लामा सर्वेक्षणबाट पहिचान भएका लाभग्राही ५१ हजार ९ सय ४०, गुनासोबाट थप भएका १८ हजार ३ सय ६० र प्रवलीकरणमा परेका २ हजार ५ सय ७८ परिवार गरि जम्मा ७२ हजार ८ सय ७८ परिवार लाभग्राहि पहिचान भएका छन ।
भुकम्पीय आवास पुर्नर्निमाण आयोजना, जिल्ला आयोजना कार्यान्वयन इकाई दोलखाका टीका जोशीले सम्झौता गर्न बाँकी परिवारसँग स्थानीय तहहरुसँग समन्वय गरि शिघ्र सम्झौता गरिने  जानकारी दिए ।

Shares

Be the first to comment on "दोलखामा ४ हजार भुकम्पपीडितले अझै घर बनाएनन्"

Leave a comment

Your email address will not be published.


*