बेहुला बलात्कार अभियोगमा पक्राऊ

ताजा समाचारको लागि फलो गर्नुहोस ।

 

दीक्षण समााचार
चरिकोट, ११ असोज
बेहुला बेहुली बनेपछि २ मुटु बीचको मिलन भएर रमाइलो गर्ने योजना सबैको हुन्छ । तर भीमेश्वर नगरपालिका वडा नं. ४ जिलुका एक युवकको योजना असफल भयो । बेहुली ल्याएर घरमा भित्र्याउन नपाउँदै उनी बेहुलाकै भेषमा प्रहरी फन्दामा परे ।
विहे गरेर बेहुली घरमा भित्र्याउने तयारी गर्दा गर्दै जिलुका २३ वर्षिय शान्ति चौलागाई प्रहरी नियन्त्रणमा परे । बलत्कारको आरोपमा युवक पक्राउ परेका प्रहरीले जनाएको छ । उनलाई थप अनुषन्धानका लागि ललितपुर प्रहरी कार्यालयमा बुझाईएको छ ।
१६ वर्षीया किशोरीलाई बलत्कार गरेको आरोपमा पक्राउ परको चौँलागाईलाई आवश्यक अनुसन्धान र थप कारवाहीका लागि ललितपुर प्रहरीमा बुझाईएको हो । पिडित किशोरी र पिडक युवक दोलखाकै भएपनि घटना ललितपुरमा भएकाले सातदोबाटो प्रहरी कार्यालय ललितपुरमा बुझाईएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
ती युवकलाई सोमबार अर्की युवतीसँग विवाह गर्ने क्रममा दुलहाकै भेषमा पक्राउ गरिएको थियो । आँफु बलात्कृत भएको दावी गर्दै ती किशोरीले प्रहरीमा उजुरी दिएपछि चौँलागाईलाई विवाहको कार्यक्रम चलिरहेकै स्थानबाट नियन्त्रणमा लिईएको थियो । आँफुलाई बिहेको प्रलोभनमा पारी बलात्कार गरेको पीडित किशोरीको आरोप छ । शान्तिले एक महिना अघि नै अर्कै युवतीसँग भागि विवाह गरेको र उनलाई घर भित्र्याउने क्रममा पक्राउ गरिएको दोलखा प्रहरीले जनाएको छ ।

Shares

Be the first to comment on "बेहुला बलात्कार अभियोगमा पक्राऊ"

Leave a comment

Your email address will not be published.


*