बैतेश्वर ५ मा सडकमा लगाइएको रुखको तगारो हटाइयो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट, चैत्र २७
दोलखाको बैतेश्वर गाउँपालिकाको वडा नं ४ को बगर र ५ को काल्थोक जोड्ने सडकमा रुख काटेर बनाइएको तगारो हटाइएको छ । दुईवटै वडाका केहि व्यक्तिहरु मिलेर बुधबार सडकमा रुख काटेर बनाइएको तगारो बिहिबार हटाइएको हो । दुई वडा जोड्ने सडकमा दिनहुँ गाडी हिडेको र होहल्ला बढेकाले कोरोना संक्रमण फैलने त्रासले वडाका २० जनाभन्दा बढी मानिसले २ वटा रुख काटेर अवरोध गरेका थिए ।वडाका वडाध्यक्ष र स्थानीयकोहरुको सहमतिमा रुख ढालेर मुछा सडकमा राखिएको थियो । तर एम्बुलेन्स, खाद्यान्न लगायतका अत्यावश्यक सवारी साधन गुड्न अबरोध हुने भएकाले हटाइएको वडा नं ५ का वडाध्यक्ष माधब बस्नेतले बताए । “गाउँमा कोही विदेशबाट फर्किए वडालाई अथवा प्रहरीलाई जानकारी दिनुहोस् । बाटो नै अवरुद्ध गरेपछि कोही बिरामी परे एम्बुलेन्स चलाउन कठिन हुन्छ । त्यसैले रुख हटाइ सडक खाली गरिएको छ ।” उनले भने

 

Shares

Be the first to comment on "बैतेश्वर ५ मा सडकमा लगाइएको रुखको तगारो हटाइयो"

Leave a comment

Your email address will not be published.


*