भीमेश्वर नगरपालिकाले किसानलाई अनुदान दिने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

अम्बिका न्यौपाने
चरिकोट, २९ माघ
भीमेश्वर नगरापालिकाले किसानहरुलाई अनुदान दिने भएको छ । किसानहरुलाई कृषि पेशामा प्रोत्साहित गर्नका लागि अनुदान दिन लागेको हो । किसानहरुलाई पशुपालन र खेती गर्ने किसानहरुलाई अनुदान व्यवस्था गर्न लागेको छ ।
नगरपालिकाले पशुपालन तर्फ बाख्रापालन, गाईभैसी पालन, कुखुरापालनका लागि अनुदान दिने तयारी गरेको छ । त्यसैगरी तरकारी खेती व्यवसायीक रुपमा गर्ने किसानहरुलाई अनुदान दिन लागेको हो । बजारमा दुधदही, मासु र तरकारी तर्फ अत्याधिक माग भएको तर कृषि काम गर्नेहरु घट्दै गएकाले नगरपालिकाले अनुदानको व्यवस्था गर्न लागेको नगरपालिकाका मेयर भरतबहादुर केसीले जानकारी दिए ।
अनुदानबाट कृषि पेशामा युवाहरु आकर्षित हुने नगपालिकाको अनुमान छ । किसानलाई नगरपालिकाले प्रति किसान १५ हजारदेखि २० हजारसम्म अनुदान दिन लागेको छ ।
नगरपालिकाले अनुदान लिन चाहने किसानहरुका लागि केही सर्त राखेको छ । किसानहरु अनुदानमुखी मात्र नबनुन् भनेर सर्त राख्नु परेको मेयर केसीले जानकारी दिए ।
अनुदान लिन चाहने किसानहरुले एउटा गोठमा २ वटा गाई वा भैंसी दुहुनु हुनु सर्त छ । स्थानीय जातको कम्तिमा १५ देखि २५ वटा कुखुरा पालन गर्ने किसानलाई पनि अनुदान दिने भएको छ । बाख्रा पालन गर्ने किसानलाई कम्तिमा १० वटा हुनु पर्ने सर्त छ । तरकारी खेती गर्ने किसानका लागि भने एक रोपनी कम्तीमा हुनु पर्ने सर्त छ ।
अनुदान लिन चाहने किसानहरुको नगरपालिकाले पहिला अनुगमण गर्ने छ । अनुगमनको काम जारी रहेको नगरपालिकाले जनाएको छ । अनुगमनका लागि कर्मचारी र जनप्रतिनिधिहरुहरु फिल्डमा खटिएका छन् ।
किसानलाई अनुदानका लागि कृषि तर्फ ३ लाख र पशुपालन तर्फ ३ लाख बजेट बिनियोजन गरेको छ । किसानले नगरपालिकामा दाबी गर्ने समय पूरा भएको छ । नगरपालिकाले गत वर्ष पनि किसानहरुलाई अनुदान दिएको थियो । अघिल्लो वर्षभन्दा यस वर्ष अनुदान दाबी गर्ने किसानहरुको संख्या बढेको नगरपालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाले किसानलाई अनुदान दिने"

Leave a comment

Your email address will not be published.


*