मन्त्री गुरुङलाई दोलखामा दिइयो कार्यकालको शुभकामना

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट –नव नियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई आफ्नो गृह जिल्ला दोलखामा स्वागत भएको छ । मन्त्री भएपछि पहिलो पटक दोलखा आएका मन्त्री गुरुङलाई जिल्लामा कार्यकालको शुभकामना दिइएको छ । उनलाई नेकपाको पाटी कार्यलयमा भएको कार्यक्रममा नेता तथा कार्यक्रताले शुभकामना दिएका थिए । त्यसैगरी उनलाई जिल्ला समन्वय समिति दोलखामा भएको कार्यक्रममा सरकारी निकायका कार्यालय प्रमुख ,जनप्रतिनिधी तथा विभिन्न संघ संस्थाका प्रतिनिधीले स्वागत तथा शुभकामना दिएका थिए । समितिको कार्यलयमा भएको कार्यक्रममा वोल्दै मन्त्री गुरुङले अधुरा विकास आयोजनालाई पुरा गर्ने प्रतिवद्धता जनाए । उनले केही मिडिया पछि लागेर आफुलाई बदनाम गर्न लागेको बताए। आफुले कुनै गल्ती नगरेको त्यसले आफुलाई फरक नपार्ने स्पष्ट पारे । आफुले सुहाउदो मन्त्रालय पाएको र  जनताले आवास हुने काम गरेर देखाउने  मन्त्री गुरुङले दावी गरे ।
उनले आफु दोलखामा पाटी नेता कार्यक्रतालाई मन्त्री भएपछि धन्यबाद दिन आएको बताए । अहिले मुलुक सही दिशामा गएको मन्त्री गुरुङले बताए । अहिले  संक्रमण अवस्था नभएकोले द्रुत विकासको काम लाग्न उनले सवैलाई सरकारी निकायलाई उनले निर्देशन दिए । चरिकोटमा मन्त्री गुरुङलाई जिल्ला समन्वय समिति दोलखा, भिमेश्वर नगरपालिका, स्थानीयसंघ सस्था लगायतले सम्मान गरेका थिए । उनको चार दिन दोलखा बसाई हुने बताइएको छ

हामीसँग युटुबको च्यानल मार्फत जोडिन चाहनेले यो लिङकDikshannews Daily TV युटुवमा सर्च गरी खोली  हरपल दोलखाको खबर देशको खबरको लागिको दोलखामा डिजिटल माध्यममा जोडिन यो तलको च्यानल खोली subcribes गर्न सक्नु हुने छ ।

Shares

Be the first to comment on "मन्त्री गुरुङलाई दोलखामा दिइयो कार्यकालको शुभकामना"

Leave a comment

Your email address will not be published.


*