मेलुङ गाँउपालिकाको अभियान हरियाली सडक

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार ÷चरिकोट, –दोलखाको मेलुङ गाउँपालिकाले नयाँ आर्थिक वर्षबाट “हरियाली सडक” अभियान सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० लागि शुक्रबार पालिकाको गाउँसभामा प्रस्तुत गरिएको बजेट बक्तव्यमा उक्त अभियान सञ्चालन गरिने उल्लेख गरिएको छ । पालिका उपाध्यक्ष गायत्री आचार्यले पालिकामा निर्माण भएका सडकहरुमा नयाँ आर्थिक वर्षदेखि सौन्दर्यता र दिगोपनका लागि “हरियाली सडक” अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । वन तथा वातावरण संरक्षण गर्नका लागि गरिने विभिन्न कार्यक्रममध्ये उक्त अभियान एउटा पृथक र प्रमुख रहेको उहाँले बताउनुभयो । सडक निर्माण गर्दा वातावरणको महत्वपूर्ण स्रोतको रुपमा रहेको रुखहरु मासिएका छन् । अब ती सडकका दायाँबाँया बोटबिरुवा रोपेर हरियाली कायम गरिने छ । जसले सौन्दर्यता र दिगोपन कायम हुने र अन्य पालिकाको लागि यो कार्य उदाहरणीय हुने बताइएको छ । पालिकाले वातावरणलाई प्रदुषण हुने प्लाष्टिकजन्य तथा सिसाजन्य वस्तुको प्रयोगमा नियन्त्रण गर्ने नीति लिएको छ । नीति तथा कार्यक्रममा वन तथा वातावरणको संरक्षणका लागि विविध कार्यक्रम र योजना समावेश गरिएको छ । ती कार्यक्रम तथा योजनाको कार्यान्वयनका लागि आवश्यक बजेट विनियोजन गरिएको पालिका उपाध्यक्ष आचार्यले बताउनुभयो ।

Shares

Be the first to comment on "मेलुङ गाँउपालिकाको अभियान हरियाली सडक"

Leave a comment

Your email address will not be published.


*