सांसद विकास कार्यक्रम –दोलखामा प्रदेशसभाबाट विकास हुने योजनाको सुची सहित

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस) –दोलखामा “प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम” अन्र्गगत चालु आर्थिक बर्षमा सम्पन्न हुने योजना छनोट भएका छन । दोलखामा २ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको छ । सोही अनुरुप संञ्चालन हुने प्रदेश पुर्वाधार विकास साझेदारी कार्यक्रमका लागि २८ वटा योजना छनौट भएका हुन । दोलखामा यो आर्थिक बर्ष ८ वटा योजना ५० लाखका दरले बजेटका विनियोजन गरिएको छ । त्यसैगरी २० वटा योजनामा १० लाखका दर योजना छनोट भएको छ ।
प्रदेश सभा १ मा ५० लाखको योजना अन्र्तगत

तामाकोशी गाउँपालिका ५ स्थित शहरे खेलमैदान निर्माण ,मेलुङ गाउँपालिकास्थित भञ्ज्याङ–कल्लेरी–मालुखोला सडक, गौरीशंकर गाउँपालिकास्थित पिखुती–मानेडाँडा सडक र जिरी नगरपालिकामा रहेको हनुमन्ते विकास पूर्वाधार योजनालाई बजेट विनियोजन गरिएको छ । प्रदेश १ मा विकास कार्यक्रम अन्तर्गत तामाकोशी, मेलुङ, जिरी, गौरीशंकर र वैतेश्वर गाउँपालिकामा पुष्पलाल स्मृति प्रतिष्ठान भवन निर्माणको लागि १० लाखका दरले विनियोजन गरिएको छ । वैतेश्वर ७ स्थित डाँडागाउँ ठोट्नेरी सडक, वडा नम्वर २ मा कैलेश्वर खानेपानी योजना, वडा नम्वर ६ मा अँधेरीखोला–दार्मे खानेपानी योजना, जिरी नगरपालिका वडा नम्वर १ स्थित बगाम–पागनागी–गुम्वा सडक र गौरीशंकर गाउँपालिका १ मा खुसेपु मन्दिर निर्माणका लागि १० लाख बजेट विनियोजन गरिएको छ । प्रदेशसभा क्षेत्र नम्वर २ मा पनि प्रदेश पूर्वाधार विकास कार्यक्रमका लागि ५० लाख अन्तर्गत विगु गाउँपालिकास्थित सर्सिखोला–दोभान–कालिखोरिया पहिरो नियन्त्रण, शैलुङ गाउँपालिकास्थित बाघखोर–फस्कु–भैँसे सडक, र भीमेश्वर नगरपालिकास्थित खुल्ला चिडियाखानाको गेट र कालिञ्चोक गाउँपालिकास्थित शिसागोलाई–सुर्याेदय–सिमस्वाँरा सडक तथा पर्खाल निर्माणका लागि बजेट परेको छ । प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्र्तगत शैलुङ गाउँपालिका १ मा मुलधारा खानेपानी योजना, वडा नम्वर २ मा भुषाफेदा खानेपानी योजना, भीमेश्वर १ मा पानीपोखरी–बोसिम्पा–सुन्द्रावती मन्दिर सडक, वडा नम्वर ५ मा सापकोटा टोल खानेपानी योजना निर्माणको १० लाखका दरले बजेट विनियोजन भएको छ । यस्तै शैलुङ गाउँपालिका ८ स्थित शारदा माविको व्यवस्थापन र फर्निचर निर्माण, भीनपा २ स्थित राजकुलेश्वर आधारभूत विद्यालमा कम्प्युटर व्यवस्थापन र फर्निचर निर्माण, विगु गाउँपालिका ४ स्थित चित्रे माविमा खेलकुद मैदान निर्माण र कालिञ्चोक गाउँपालिका ३ मा गौरीशंकर संस्कृत ग्रामको डिपिआर निर्माणका लागि ,भीमेश्वर वडा नम्वर १ मा थामी संग्रालय निर्माणका लागि पनि १० लाख बजेट विनियोजन गरिएको छ ।

। दोलखामा प्रदेश सभा अन्तर्गत ६ करोड बजेट आउने गरेको छ । प्रदेश सभामा सांसदले एक निर्वाचन क्षेत्रमा ३ करोड खर्च गर्न पाउने कानुनी व्यवस्था रहेको छ । हाल दोलखामा प्रदेशसभामा १ मा प्रत्यक्ष निर्वाचित साँसद विशाल खड्का र प्रदेश २ मा साँसद पशुपति चौंलागाईको रहेका छन । प्रत्यक्ष निर्वाचित सांसद संयोजक रहेको योजना छनौट तथा बजेट बाँडफाँड समितिले चालु आर्थिक बर्षमा २८ वटा योजनामा बजेट विनियोजन गरेको हो । सो समितिमा प्रदेश सभाका समानुपातिक साँसदहरु, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा सम्वन्धित निर्वाचत क्षेत्रका स्थानीय सरकारका प्रमुख र उपप्रमुख सदस्य रहेको वैठकले योजना छनोट गरेको हो ।

Shares

Be the first to comment on "सांसद विकास कार्यक्रम –दोलखामा प्रदेशसभाबाट विकास हुने योजनाको सुची सहित"

Leave a comment

Your email address will not be published.


*