रामेछाप र दोलखाबासीलाई फेरि सेयर

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, ६ असोज
रामेछाप र दोलखाबासीका लागि जलविद्युतमा सेयर लगानीको फेरि अवसर आएको छ । हिमालयन ऊर्जा विकास कम्पनीले आयोजना प्रभावितको लागि प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २४ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने भएको हो ।
नौ करोड ९० लाख रुपैयाँ बराबरको नौ लाख ९० हजार कित्ता शेयर प्रभावित क्षेत्रका लागि निष्कासन अनुमति पाएको छ । बाँकी रहेको १४ करोड ८५ लाख रुपैयाँ बराबरको सर्वसाधारणलाई निष्कासन गर्ने छ ।
कम्पनीले प्रभावित क्षेत्र रामेछाप जिल्ला चुचुरे, ठोसे, रस्नालु, बेताली, नामाडी र दोलखाको साविक श्यामा, माली जिरी, च्यामा, हावा र सहरे गाविस लगायतका स्थानीय वासिन्दाको लागि नौ करोड ९० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कशन गर्ने भएको हो । निष्कासनको लागि कम्पनीले बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्टलाई नियुक्त गरेको छ ।
कम्पनीले १२ मेगावाट क्षमताको उपल्लो खिम्ति र ७ मेगावाटको खिम्ती दोस्रो आयोजना निर्माण गरिरहेको छ । १६ करोड प्रति मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष राखेको कम्पनीले ६० प्रतिशत निर्माण सम्मपन्न गरिसकेको जनाएको छ ।
१२ मेगावाटको आयोजनाबाट अर्को क्यासकेट आयोजनाको रुपमा ७ क्षमताको लक्ष्य रहेपनि ’रन अफ रिभर मोडल’ मा आयोजना निर्माण भएकोले १९ मेगावाटसम्म विद्युत् उत्पादन गर्न सक्छ । तीन अर्ब १४ करोड लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशतत ऋण २५ प्रतिशत इक्युटी छ ।
कम्पनीले शेयर निष्कासन गर्नु पूर्व गरेको इक्रा रेटिङ्मा ’इक्रा एनपि आइपिओ ग्रेड ४’ प्राप्त गरेको छ । यसले कम्पनीमा गरिने लगानीको जोखिम भार औसत रहेको जनाउँछ । आयोजनाबाट उत्पादित विद्युत चुचुरेको गर्जाङमा निर्माणाधिन सवस्टेशनमा जोडिने छ । गर्जाङ–खिम्ती १३२ केभीको प्रसारण लाइनको काम पनि जारी छ ।

Shares

Be the first to comment on "रामेछाप र दोलखाबासीलाई फेरि सेयर"

Leave a comment

Your email address will not be published.


*