वडाको सुविधाको रकम शैक्षिक क्षेत्रका दिदै वडा अध्यक्ष

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट – बैतेश्वर गाउँपालिकाका यूवा वडा अध्यक्षले आफ्नो तलब भत्ता बापतको रकम सामाजिक विकासमा खर्च गर्ने बताएका छन । बैतेश्वर गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष रेशम राजस्वराज रिमालले तलव भत्ता बापतको रकम वडाको शैक्षिक क्षेत्रको विकासमा खर्च गर्ने बताए । वडामा रचनात्मक कार्यक्रम मार्फत सो रकम खर्च गरिने अध्यक्ष रिमालले बताए ।
सरकारी विद्यालयको स्तरमा सुधार आउने उद्देश्यका साथ आफु यस्तो योजना ल्याएको रिमालले बताए । अघिल्लो बर्ष आएको सेवा सुविधाले सो वडामा पर्ने क्षेत्रपा देखी नाम्दूसम्म सडकको स्तर उन्नतिको लागी लगानी गरेको उनले बताए । सेवा सुविधाको रकम पहिलो प्राथमिकता शैक्षिक क्षेत्रमा लगानी गरिनेछ । सो रकम वडाका सवै विद्यालयमा मासिक रुपमा रचानात्मक कार्य गरिने उनले बताए । त्यसैगरी बार्षिक रुपमा गाउँपालिका स्तरीय २ वटा शैक्षिक कार्यक्रम गरिने उनले बताए ।
रिमालले वडाको बैठकमा आफ्नो तलब भत्ताको रकमले हाललाई प्रत्येक महिना एउटा विद्यालयमा नियमित र वडाका सबै विद्यालयलाई समेट्ने गरी दुई वटा केन्द्रिकृत कार्यक्रम गर्ने रिमालले बताए । शैक्षिक सुधार र विकासमा यो कार्यले सहयोग पुग्ने आफू आसावादी रहेको रिमाले बताए । रिमाल सो गाउँपालिकाका कान्छा वडा अध्यक्ष हुन् । वडा अध्यक्ष हुनु अघि उनी अनेरास्ववियु दोलखाका २ पटक जिल्ला अध्यक्ष भएका थिए । लामो समय विद्यार्थी राजनीति गरेको कारण आफूलाई शैक्षिक सुधार पहिलो प्राथमिकता रहेको आफ्नो बुझाई रहेको उनले बताए । “बर्षेनी सरकारी विद्यायलको स्तर खस्किँदा विद्यार्थी घट्दो छ, त्यसलाई रोक्न सरकारी विद्यायल सुधार आवश्यक छ” रिमालले भने ।

Shares

Be the first to comment on "वडाको सुविधाको रकम शैक्षिक क्षेत्रका दिदै वडा अध्यक्ष"

Leave a comment

Your email address will not be published.


*