शैलुङ गाउँपालिका–८को एम्बुलेन्स काठमाडौमा सञ्चालन, वडावासीलाई हैरानी

ambulance

ताजा समाचारको लागि फलो गर्नुहोस ।

बाबुराम शर्मा (चरिकोट) –अन्यत्र सञ्चालनमा रहेको दोलखाको शैलुङ गाउँपालिका–८ वडावासीलाई सेवा प्रदान गर्ने उद्देश्य अनुरुप खरिद गरी ल्याइएको ज १ च १५३४ नम्बरको एम्बुलेन्स यहीँ सञ्चालन गरिदिन जोडदार माग गरिएको छ । गत २०७३ सालमा प्रतापसिं स्मृति प्रतिष्ठानका नामबाट वडावासीलाई सेवा दिन भनी ल्याएको सो एम्बुलेन्स काठमाडौँमा सञ्चालन गरेको पाइएकोले तुरुन्त यहीँ ल्याएर सञ्चालन गरिदिन प्रतिष्ठान समितिलाई जोडदार माग गरिएको समाजसेवी मोहनसिं तमाङले जानकारी दिनु भयो ।
उहाँका अनुसार वडावासीको हस्ताक्षर संककल गरी प्रतिष्ठानमार्फत भन्सार छुटमा सो एम्बुलेन्स ल्याइएको हो । वडावासीले आफ्नो एम्बुलेन्स नहुँदा महँगो भाडा तिरेर बिरामी लगिरहेका छन् । प्रतिष्ठान समितिले वडावासीलाई झुक्याएर मनोमानी ढङगबाट काठमाडैँमा एम्बुलेन्स चलाएर पैसा कमाएको वडावासीको आरोप रहेको छ ।
कतिमा एम्बुलेन्स खरिद गरियो । सञ्चालनबाट आम्दानी खर्च कति भयो, पारदर्शी नगरिएको पनि वडावासीको गुनासो रहेको छ । पारदर्शी ढङगले हिसाब सार्वजनिक गरी वडामै एम्बुलेन्स सञ्चालन गर्न वडावासीले माग राखेका छन् ।
वर्षामा गाउँमा एम्बुलेन्स नचल्ने, हिउँदमा पनि एक वर्षमा तीन पटक मात्र चलेकाले रकम जुटाउन र चलायमान राख्न काठमाडौँमा एम्बुलेन्स सञ्चालनमा रहेको प्रतिष्ठानका अध्यक्ष भैरव काफ्ले जानकारी दिनु भयो ।
प्रतिष्ठानसँग रकम नहुँदा प्रीतष्ठानकै सदस्य ठालु तमाङले १० लाख २५ हजारमा सो एम्बुलेन्स खरिद गरी ल्याइएको हो । अध्यक्ष काफ्लेले भन्नु भयो, सञ्चालनबाट उठेको पैसाले मूल धन तिरिसकेपछि प्र्रतिष्ठानलाई आएको आम्दानीको हिस्सा दिने सम्झौता भएको थियो । खरिद पैसा तिरिसकेपछि मर्मतमै ठिक भएको छ । प्रतिष्ठानसँग रकम छैन, वडामै चलाउन इच्छुक व्यक्ति वा संस्थालाई एम्बुलेन्स हस्तान्तरण गर्न तयार छौँ । बाध्यतावश काठमाडौँमा चलाउनु परेको हो ।
सम्बन्धित वडाध्यक्ष धनबहादुर तमाङले भन्नु भयो, यो एम्बुलेन्सबारे खासै जानकारी नभएकाले खोज तलास गर्न लागेको छु । सञ्चालन प्रक्रिया, मापदण्डलगायतबारे यथार्थ बुझेर वडा, स्वास्थ्य संस्था वा गाउँपालिका कसले सञ्चालन गर्ने हो यकिन गरी समस्या समान गर्ने छु ।

Be the first to comment on "शैलुङ गाउँपालिका–८को एम्बुलेन्स काठमाडौमा सञ्चालन, वडावासीलाई हैरानी"

Leave a comment

Your email address will not be published.


*