सडक सुचारु गर्न जुटे जनता

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, ३० भदौ

गौरीशंकर गाउँपालिका वडा नं. ४ का नागरिकहरु आफूले जनश्रमदानबाट वर्षात्ले विगारेको सडक सुचारु भएको हो । गाउँपालिकाबाट बजेट विनियोजनमा ढिलाइ भएपछि सडक सुचारु गर्नका लागि जनता आफैं जुटेका हुन् ।
तिनेखु खोलादेखि गोर्पाङसम्मको सडक सुचारु गर्न एक सातादेखि जनताहरु हरेक घरबाट जनता जुटेका हुन् । वडा अध्यक्ष प्रह्लाद कार्कीले भदौ २२ गतेदेखि दैनिक रुपमा सडक मर्मतका लागि जुटेको जानकारी दिए ।
तिनेखुदेखि झ्याँकु–जुँगूसम्म पुग्ने मुख्य सडक यही हो । वडा नं. १, २, ३ र ४ नं.लाई गाउँपालिका केन्द्रसम्म जोड्ने मुख्य सडक भएकाले यो महत्वपूर्ण सडक हो । यसको वडा नं. ४ को ८ किलोमिटर सडक नै सबैभन्दा जोखिमपूर्ण सडक हो । आफ्नो वडा भित्रको जोखिमपूर्ण सडक एक हप्तामा सुचारु हुन योग्य बनाएको वडा अध्यक्ष कार्कीले जानकारी दिए ।
सडकको पहिलो पञ्छाउने, कुलो काटेर पानी तर्काउने र ठाउँ ठाउँमा सोलिङ गरिसकेको उनले बताए । “सरकारी मूल्याङ्कन गर्ने हो भने १५ लाख जतिको काम भयो होला” उनले भने “तर गाडी चलाउनका लागि जनताहरुले नै आफैंले श्रमदान गरेका हुन् ।” अहिले तिनेखुदेखि गोर्पाङसम्म सजिलै बोलेरो गाडी चल्न थालेका छन् । अब नियमित बस चलाउने गरी सडक मर्मत गरिरहेको उनले जानकारी दिए ।
गौरीशंकर गाउँपालिकाले अहिलेसम्म आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट पास भइसकेको छैन । असार १० गतेभित्रै बजेट पारित गर्नु भर्ने भए तापनि ३ महिना वित्न लाग्दा समेत गाउँपालिकाले चासो नदेखाएको स्थानीयहरु गुनासो छ । गौरीशंकर गाउँपालिका वडा नं. ४ भित्रका ८ सय जनाले सडकमा श्रमदान गरेका छन् ।
वडा समितिको बैठकले नै वर्षभरीमा न्यूनतम ४ पटक हरेक घरधुरीले श्रमदान गर्नुपर्ने निर्णय गरेको छ । अहिलो पटक सडक मर्मत गरेकाले आवश्यकता अनुसार अरु कामका लागि पनि यसैगरी श्रमदान हुने वडा अध्यक्ष कार्कीले जानकारी दिए । भूकम्प पीडितको सूचीका आधारमा यस वडा मा ८ सय घर छन् । जुन घरबाट श्रमदानमा सहभागी नहुनेहरुलाई दैनिक पारिश्रमिक लिने वा अन्य कुनै उपाएबाट सहभागी गराउने बारे जनस्तरमा छलफल गरेर टुङ्गो लगाउँने उनले बताए ।

Shares

Be the first to comment on "सडक सुचारु गर्न जुटे जनता"

Leave a comment

Your email address will not be published.


*