अधिकारकर्मी कार्की सम्मानित

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) – अधिकारकर्मी एवं आवाज नेपालकी अध्यक्ष सिर्जना कार्की “राष्ट्रिय आदर्श आमा” पुरस्कारबाट सम्मानीत भएकी छन् । वालवालिका, जेष्ठ महिला, अपांग महिला, मानसिक रुपमा असर परेका महिला किशोरीहरुको पुर्नस्थापनामा पुर्याएको योगदानको योगदानको मुल्यांकन गर्दै कार्कीलाई उक्त पुरस्कारबाट सम्मान गरिएको हो । रुद्र–गौरी श्री–अम्विकाओली प्रतिष्ठाले १ लाख १ हजार १ सय ११ रुपैयाँ राशीको राष्ट्रिय आदर्श आमा पुरस्कार–२०१९ कार्कीलाई प्रदान गर्ने घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष गंगा प्रसाद ओलीले विज्ञहरुको पुरस्कार निर्णायक समितिबाट प्राप्त भएको सुझावको आधारमा समाजसेवी एवं अधिकारकर्मी कार्कीलाई पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको जानकारी दिए ।हाल कोभिड १९ ले उत्पन्न गरेको प्रतिकुल परिस्थितिका कारण उपयुक्त समयमा औपचारिक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ ।अधिकारकर्मी कार्कीले हालसम्म २ सय २५ भन्दा बढी पीडित महिला, वालवालिको संरक्षण, हेरचाह र अधिकार स्थापनाका लागि महत्वपुर्ण भूमिका निर्वाह गरेकी छन् । हाल डेढ दर्जन बढी महिला, किशोरी तथा वालवालिकाहरु कार्कीको संरक्षणमा छन् ।

Shares

Be the first to comment on "अधिकारकर्मी कार्की सम्मानित"

Leave a comment

Your email address will not be published.


*