अहिलेको सत्ता गठबन्धन छिटो परिर्वतन हुदैन ः सापकोटा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट( दीस) ः नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले छिटै नै सत्ता गठबन्धन परिर्वतन नहुने बताउनु भएको छ । नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समिति दोलखाको बैठकमा भाग लिन चरिकोट आउनु भएका सापकोटाले प्रेस सेन्टर नेपालले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो धारणा राख्नु भएको हो । राजनीतिमा ‘यसै हुन्छ’ भन्ने अनुमान गर्न कठिन हुने भएता पनि अहिले नै गठबन्धन परिवर्तन नहुुने उहाँको भनाई रहेको छ । देश विकासको लागि सबै दल एक जुट हुनु पर्ने बताउनु भयो । संबिधानमा लोकतान्त्रिक समाजबाद उल्लेख गरिएको , त्यसलाई कार्यान्वयन गर्न सबै दल मिलेर जानु पर्ने र समाजबादकोे अझै व्याख्या गर्न बाँकी रहेको धारणा व्यक्त गर्नु भयो । सबैको समृद्धिको लागि देश भित्र समाजबाद आवश्यक रहेको र यसले मात्र अहिले समाजमा रहेका विकृति हटाउने पनि उहाँको जिकिर छ । उहाँले लोकतान्त्रिक विचार धारणा निर्माण गर्नु पर्ने सबै दल एक जुट हुनेर दल भित्र समेत आन्तरीक लोकतन्त्र कमजोर हुँदै गएकाले त्यसलाई सुधार गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले आर्थिक क्षेत्रमा क्रम भङ्ग गर्न खोज्दा सहयोग नभएको कारण पुरानो गठबन्धन परिवर्तन गर्न प्रधानमन्त्री बाध्य हुनु भएको उहाँको भनाई छ ।नेपालको असंलग्न परराष्ट्र नीति सान्दर्भिक रहेको उहाँले उल्लेख गर्नु भयो । अर्को प्रसंगमा दोलखाको विकासको लागि दोलखाका सबै दल एक जुट भएको आफुले पाएको र त्यसले दोलखाको विकासमा झन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
माओवादी केन्द्रमा तोकिइयोे फ्याक्सन इन्चार्ज


नेकपा माओवादी केन्द्र दोलखाले पार्टी भित्रका विभिन्न जनवर्गिय सङ्गठनहरुको फ्याक्सन इन्चार्ज तोकेको छ । बुधबार चरिकोटमा बसेको जिल्ला कमिटीको बैठकले जिल्लाका सबैमा वडाहरुमा अधिवेशन सम्पन्न गर्न कमाण्डर समेत तोकेको छ । बैठकले महिला सङ्गठनको इन्चार्जमा जिम्मेवारी पार्टी जिल्ला संयोजक कमल श्रेष्ठ ज्योतीलाई , विद्यार्थी सङ्गठनको इन्चार्जमा जिम्मेवारी सचिव सन्तोष केसीलाई दलित सङ्गठनको जिम्मेवारी पूर्व जिल्ला संयोजक कुलबहादुर बुढाथोकीलाई र शिक्षकको इन्चार्ज विशाल खड्कालाई तोकेको छ ।बैठकले सदस्यता नवीकरण अभियान र आर्थिक व्यवस्थापनका सम्बन्धमा पनि विभिन्न निर्णय गरेको छ ।
बैठकले दुई महिना भित्र सबै जनवर्गिय सङ्गठन तथा वडाहरुको सम्मेलन, भेला, अधिवेशन गर्ने निर्णय गरेको माओवादी केन्द्र दोलखाका ं प्रवक्ता पुष्कर कुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा, स्थायी कमिटी सदस्य शशी श्रेष्ठ , पोलिट ब्युरो सदस्य गङ्गा कार्की ,पार्टी केन्द्रिय सदस्य शंकर लामा, बागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्री, दोलखा जिल्ला इन्चार्ज विशाल खड्का लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

Shares

Be the first to comment on "अहिलेको सत्ता गठबन्धन छिटो परिर्वतन हुदैन ः सापकोटा"

Leave a comment

Your email address will not be published.


*