दोलखामा घट्यो घर जग्गाको कारोबार

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा/चरिकोट–दोलखामा आर्थिक बर्ष २०७५÷०७६ को तुलनामा गत आर्थिक २०७६÷०७७ मा जग्गा कारोबार घटेको छ । अघिल्लो आर्थिक बर्ष ५ करोड ४६ लाख ६२ हजार ८ सय ५७ रुपैंया राजस्व संकलन गरेको मालपाेत कार्यालय दोलखाले गत आर्थिक बर्षमा ३ करोड ५० लाख ७१ हजार ८ सय रुपैंया मात्र राजस्व संकलन गरेको छ ।

गत वर्ष जग्गा रजिष्ट्रेसन दस्तुर बापत २ करोड २७ लाख ३९ हजार ३ सय ३१ रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक बर्षमा ३ करोड ६२ लाख ४२ हजार ६ सय रुपैंया संकलन भएको थियो । अघिल्लो आवको तुलनामा गत वर्ष १ करोड ३५ लाख ३२ हजार कम रजिष्ट्रेसन दस्तुरबापत राजस्व संकलन भएको कार्यालयका नायवसुब्बा मुरारी दुलालले बताए । त्यस्तै गत आर्थिक बर्षमा पूर्जी बिक्रीबापत ५१ हजार ८ सय ७५, रोक्का दस्तुर ८६ लाख ३ हजार ४ सय, सेवा शुल्क, अन्य प्रसाशनिक दस्तुर ४४ लाख ४ हजार ८ सय ४०, विविध ४१ लाख ४ हजार रुपैँया र पुँजीगत लाभकर ६५ लाख ९८ हजार ३ सय गरि ३ करोड ५० लाख ७१ हजार ८ सय राजस्व संकलन गरिएको उनले बताए ।

अघिल्लो आर्थिक बर्षमा लाभकर १ करोड ५९ लाख १ सय, पूर्जा बिक्रीबापत ८३ हजार ४ सय २५, ठाडो रोक्का १२ लाख ३७ हजार १ सय ८०, सेवा शूल्क दृष्टि बन्धक÷ डोर दस्तुर बापत ५६ लाख १० हजार ४ सय ५० र विविध( मुद्दार प्रतिलिपीरघर कायम) बाट ८ लाख ९९ हजार गरि ५ करोड ६६ लाख २८ हजार रुपैँया राजस्व संकलन भएको थियो । गत आर्थिक बर्षमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जाेखिम न्युनिकरण र तथा राेकथामका लागि जारी लकडाउनकाे कारण बैशाख र जेष्ठ महिनामा मालपाेत कार्यालय बन्दै रह्याे । जसले गर्दा पनि घरजग्गा काराेबारमा कम भएकाे कार्यालयले जनाएको छ ।

६ सय ३८ महिलाको नाममा बन्यो लालपुर्जा

जिल्लामा अघिल्लो आवको तुलनामा गत आवमा महिलाको नाममा जग्गा पास कम भएको छ ।महिलाको नाममा पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने भएपनि महिलाको नाममा जग्गा पास कम भएको हो । मालपाेत कार्यालयका अनुसार गत आव २ सय ७९ जना ग्रामिण क्षेत्रका र ३ सय ५९ सहरी क्षेत्रको गरि ६ सय ३८ जना महिलाको नाममा जग्गा पास भएको छ ।  अघिल्लो आव ग्रामिण क्षेत्रका ५ सय ८० र शहरी क्षेत्रको ५ सय ७० गरि ११ सय ५० जना महिलाको नाममा लालपुर्जा बनेको थियो । जिल्लाका महिला, दलित तथा जनजाती, शहिद परिवार, अपाङ्ग, जेष्ठनागरिक र अन्य गरि ७ सय ८ जनाले जग्गा पास गर्दा र जग्गा राख्दा लाग्ने राजस्व छुट पाएका छन् । लक्षित वर्गलाई ३३ लाख १५ हजार २ सय २३ राजस्व छुट दिइएको छ ।

Shares

Be the first to comment on "दोलखामा घट्यो घर जग्गाको कारोबार"

Leave a comment

Your email address will not be published.


*