प्रेस युनियनले ग¥यो शुभकामना आदान प्रदान कार्यक्रम सहित भित्ते पत्रो सार्वजनिक

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)ः नेपाल प्रेस युनियन जिल्ला शाखा दोलखाले २०८१ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । मंगलवार सदरमुकाम चरिकोटमा शुभकामना आदान प्रदान कार्यक्रम सहित भित्ते पत्रो सार्वजनिक गरेको हो ।
नेपाल प्रेस युनियन जिल्ला शाखा दोलखाको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान तथा भित्तेपात्रो सार्वजनिक कार्यक्रम नेपाली काँग्रेस दोखलाका सभापति बर्मा लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर, पूर्व पार्टि सभापतिहरु उद्धव काफ्ले तथा रुद्रबहादुर खड्का, काँग्रेस नेता तारा खड्का, प्रेस काउन्सीलका सदस्य चिरञ्जिवी मास्के , नेपालपत्रकार महासंघका केन्द्रीय सदस्य रमेस खतिवडा, नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष श्रृजनकुमार घिमिरे, प्रेस युनियनका बागमती प्रदेशका सचिब राजन बस्नेत, प्रेसचौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल, प्रेस सेन्टर दोलखाका अध्यक्ष सुरज बस्नेत , प्रेस युनियन दोलखा सचिब सुवास बस्नेत लगायतले सम्बोधन गर्नु भएको थियो ।

Shares

Be the first to comment on "प्रेस युनियनले ग¥यो शुभकामना आदान प्रदान कार्यक्रम सहित भित्ते पत्रो सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*