१३४ शिक्षकलाई स्थायी नियुक्ति

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)ः हालै शिक्षक सेवा आयोगबाट स्थायी नियुक्तिको सिफारिस भई आएका प्राथमिक तहका १३४ उमेद्वारलाई स्थायी नियुक्ति प्रदान गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई दोलखाले एक समारोहको आयोजना गरी सिफारिस भएका शिक्षकहरुलाई मंगलवार नियुक्ति प्रदान गरेका हो ।
जिल्लाका नौ वटा स्थानीयतहरुमा रिक्त कुल १३४ दरवन्दीमा आयोगबाट सिफारिस भइआएका प्राथमिक तहका शिक्षकहरुलाई स्थायी नियुक्ति प्रदान गरिएको शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिनुभयो । समन्वय इकाईले स्थानीय तह तोकी नियुक्ति दिने तथा सम्बन्धित स्थानीय तहले दरबन्दी रिक्त भएको विद्यालयमा पदस्थापन गर्ने कानुनी ब्यवस्था रहेको छ ।
भीमेश्वर नगरपालिकामा २, कालिञ्चोक गाउँपालिकामा २१, विगु गाउँपालिकामा ३१, गौरिशंकर गाउँपालिकामा २५, जिरी नगरपालिकामा १०, बैतेश्वर गाउँपालिकामा ४, तामाकोशी गाउँपालिकामा १०, मेलुङ गाउँपालिकामा १९, तथा शैलुङ गाउँपालिकामा १२ जना शिक्षकको नियुक्ति गरिएको शिक्षा विकास तथा समन्वय इकाई दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "१३४ शिक्षकलाई स्थायी नियुक्ति"

Leave a comment

Your email address will not be published.


*