बागमती प्रदेश मातहतका कार्यालयमा तीन भाषामा साइन बोर्ड लेख्नुपर्ने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

किरण शिवाकोटी, हेटौडाः बागमती प्रदेश सरकार मातहतका कार्यालयका साइन बोर्ड अब तीन भाषामा लेख्नु पर्ने भएको छ । बुधवार बसेको प्रदेश मन्त्रि परिषदले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । बैशाख १४ गते सरकारी काम काजको भाषाको रुपमा नेपाली लगायत नेवारी र तामाङ भाषालाई समेत मान्यता दिने कामको शुभारम्भ वसन्तपुरबाट प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गर्ने भएकोले उक्त दिन प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरिएको उहाँले बताउनु भयो ।

Shares

Be the first to comment on "बागमती प्रदेश मातहतका कार्यालयमा तीन भाषामा साइन बोर्ड लेख्नुपर्ने"

Leave a comment

Your email address will not be published.


*