दोलखा अमेरिका समाज गठन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)ः दोलखा घर भई हाल अमेरिकाको न्युओर्क बस्दै आएका दोलखालीरुले दोलखा अमेरिका समाजको गठन गरेका छन् । मंगलवार न्युओर्कमा भएको भेलाले सो समाजको गठन गरेको हो । भेलाले भोजराज थोकरको अध्यक्षतामा एघार सदस्यीय कार्यसमितिको निर्माण गरेको छ । समाजको उपाध्यक्षमा राजकुमार चौलागाई, सचिवमा भूपेन्द्र थापा, कोषाध्यक्षमा प्रकाश थापा र सदस्यहरुमा शान्त थोकर, तारादेवी चौलागाई, मनोज थोकर, शिव जिरेल, लादोर्जे लामा, सूवर्ण लामा र मोहनकृष्ण श्रेष्ठ रहनुभएको छ । समाज गैरराजनीतिक र गैरनाफामुलक हुने सचिव भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "दोलखा अमेरिका समाज गठन"

Leave a comment

Your email address will not be published.


*