बिहीबार सार्वजनिक बिदा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौँ, १८ फागुन (रासस) :सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा मुलुकभर बिहीबार सार्वजनिक बिदा दिएको छ । यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । “फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ÷संस्थाहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय भएको हुँदा सबैमा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ”, मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

Shares

Be the first to comment on "बिहीबार सार्वजनिक बिदा"

Leave a comment

Your email address will not be published.


*