भीमेश्वर नगरपालिकामा फोहोर वर्गीकरण अभियान सुरु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) – दोलखाको भीमेश्वर नगरपालिकामा फोहोर वर्गीकरण अभियान सुरु भएको छ । विहिबार नगरपालिकाका मेयर भरत केसीले चरीध्याङ स्थीत एक होटललाई फोहोर वर्गीकरणको सामग्री हस्तान्तरण गर्दै अभियानको सुरुवात गर्नु भएको छ । यो अभियानमा फोहोरलाई कुहिने र नकुहिने फोहोर भान्सामा वर्गीकरण गरिने छ । कुहिने फोहोरबाट मल बनाउने र पुःन प्रयोग गर्न मिल्नेलाई फेरी प्रयोगमा ल्याउने र अरु फोहोरलाई व्यवस्थापन गर्ने उदेश्यका साथ यो अभियान सुरु गरिएको नगरपालिकाका कार्यकारी अधिकृत मान बहादुर खड्काले बताउनु भयो । “नगरपालिकाले सफा नगर बनाउने र फोहोर व्यवस्थापनमा सहयोग पुगोस” भनेर अभियान सुरु गरिएको नगर प्रमुख के.सीको भनाई रहेको छ । “हामी पहिलो चरणमा नगरपालिकाको वडा नंम्बर ३ र ६ मा अभियान सुरु गरेका छौ ,नगरवासीले यो अभियानलाई साथ दिनुहोस ” नगर प्रमुख के.सीले भन्नु भयो , यो अभियान सरसफाईको अभियान हो । ”केही समयपछि नगरपालिकाले नगर क्षेत्र भित्र ४० माइक्रोन भन्दा कमको प्लाष्टिक प्रयोग गर्न निषेध गर्ने उहाँले बताउनु भयो । पहिलो चरणको अभियानमा नगरपालिकाका २ हजार वटा भन्साबाट सुरु गरिने जनाइएको छ । यो अभियानमा भान्सामा ३ रंगको झोला वितरण गरिने छ । हरियोमा कुहिने जम्मा गरिने छ । जसमा खाद्यन्न , फलफुल र तरकारीबाट निस्कने फोहोर जम्मा गर्न सकिने छ । पहेलोमा पुनः प्रयोग गर्न मिल्ले फोहोर जम्मा जम्मा गरिने छ । प्लाष्टिक जन्य ,टिनका बट्टा ,फलामका टुक्रा , बोतल रवर , कागज, तामा टुक्रा , पुराना भाडा कुडा जस्ता फोहोर रहेको छ । त्यसैगरी रातो झोलामा हानिकारक फोहोर रहेको पनि जनाइएको छ । रातो झोलामा सिसा टुक्रा बत्तिको चिम , काम नलाग्ने निर्माण सामग्री , व्याट्री , विद्युतीय खेलौना ,औषधी जन्य सामग्री जम्मा गर्नु पर्ने छ।

्नगरपालिकाको अभियानमा एडिबीको आर्थिक सहयोग र जन कल्याण साकोसको प्राविधिक सहयोग रहेको जनाइएको छ । यो अभियानमा जनकल्यान साकोसले प्राबिधिक सहयोग गरेको र सवैले अभियान सफल बनाउन साकोसका कोषाध्यक्ष अर्जुन कार्कीले अनुरोध गर्नु भयो । चरिध्याङ टोल सुधार समितिका अध्यक्ष दावा लामाले आफ्नो टोलबाट अभियान सुरु गरेकोले सबै टोलबासीलाई यो अभियान सफल बनाउन अनुरोध गर्नु भयो ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकामा फोहोर वर्गीकरण अभियान सुरु"

Leave a comment

Your email address will not be published.


*