रामेछापमा ट्रिपर दुर्घटना हँुदा एकको मृत्यु एक घाईते

accident

ताजा समाचारको लागि फलो गर्नुहोस ।

रामेछाप (दीस)ःरामेछापको भटौलीमा आज(सोमबार) ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।भने,एक जना घाइते हुनुभएको छ । मृत्यु हुनेमा ट्रिपरका चालक गोकुलगंगा गाउँपालिकाका २१ बर्षीय दिपेन्द्र बस्नेत रहेका छन्।
जिल्ला प्रहरी रामेछापले दिएको जानकारी अनुसार बालुवा लोड गरि मुगिटारबाट मन्थली जादै गरेको बा. प्र—०१—००६ ख ३८३९ नंम्बरको ट्रिपर सडकबाट ५० मिटर तल खसेको हो ।
उक्त दुर्घटनामा परि दोलखाको तामाकोशी गाउँपालिका —६ च्यामाका सहचालक बर्ष २१ का मनोज फुयाल गम्भिर घाईते हुनुभएको छ। घाईते फुयालको मन्थली अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यलय रामेछापका डिएसपी प्रदिप कुमार सिंहले जानकारी दिनुभएको हो ।

Shares

Be the first to comment on "रामेछापमा ट्रिपर दुर्घटना हँुदा एकको मृत्यु एक घाईते"

Leave a comment

Your email address will not be published.


*