शैलुङमा डम्फु महोत्सवको आयोजना गरिने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)ः दोलखाको प्रशिद्ध पर्यटकीय स्थल शैलुङमा डम्फु महोत्सवको आयोजना गरिने भएको छ । नयाँ वर्षको उपलक्ष्यमा बैशाख १ गते सो महोत्सवको आयोजना गरिने भएको हो ।
शैलुङ क्षेत्रको पर्यटन प्रवर्धनकालागि ताम्बा संघ नेपाल शैलुङ (ताम्बा ह्युलखोर) को व्यवस्थापन र शैलुङ गाउँपालिकाको आयोजनामा डम्फु महोत्सवको आयोजना गर्न लागिएको शैलुङ गाउँपालिकाले जनाएको छ । डम्फुको आविष्कारक पेङदोर्जेको जन्मथलोसमेत मानिएको शैलुङमा हुन लागेको महोत्सवमा दुईसय जना भन्दा बढी ताम्बाहरूको उपस्थिति रहने आयोजकले जनाएको छ ।

Shares

Be the first to comment on "शैलुङमा डम्फु महोत्सवको आयोजना गरिने"

Leave a comment

Your email address will not be published.


*