“कालिञ्चोक लोकतारा २” को उपाधि शेर्पालाई

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट –दोलखाको सदरमुकाम चरिकोटमा शनिवार सम्पन्न भएको “कालिञ्चोक लोकतारा २” को उपाधि आङदावा शेर्पाले जितेका छन । अन्तिम ३ जना प्रतियोगीले फाइनल चरणमा प्रतिस्पर्धा गरेकामा शेर्पाले प्रथम स्थान हासिल गर्दै बाजी मार्न सफल भएका छन ।
जिरी नगरपालिका वडा नम्बर ३ का आङदावा शेर्पा, गौरिशंकर गाउँपालिका वडा नम्बर ८ खारेका गोकुल श्रेष्ठ र गौरिशंकर गाउँपालिका ७ की विविता श्रेष्ठ प्रतियोगी प्रतिस्पर्धामा गरेका थिए । उपाधि जितेका शेर्पालाई नगद २९ हजार ३ सय ३ रुपैयाँ सहित आकर्षक उपहार पाएका छन ।

त्यसैगरी प्रतियोगीतामा दोश्रो र तेश्रो हुने प्रतियोगिहरु विविता श्रेष्ठ र गोकुल श्रेष्ठलाई नगद १९ हजार २ सय २ रुपैयाँ र ९ हजार १ सय १ रुपैयाँ सहित अन्य आकर्षक उपहार प्रदान गरिएको थियो। ओझेलमा परेका प्रतिभाहरुलाई प्रस्फुटन गराउने उद्धेश्यका साथ कालिञ्चोक लोकतारा २ आयोजना गरिएको आयोजकले जनाएको छ। यस अघि कालिन्चोक एफएमले आयोजना गरेको कालिञ्चोक लोकतारा सिजन १ को विजेता यामकुमार थामी रमण बनेका थिए ।

Shares

Be the first to comment on "“कालिञ्चोक लोकतारा २” को उपाधि शेर्पालाई"

Leave a comment

Your email address will not be published.


*