दोलखामा २५ औं मनमोहन स्मिृति दिवस मनाइयो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)–दोलखा सदरमुकाम चरिकोटमा आज २५ औं मनमोहन स्मृति दिवस मनाइएको छ ।मनमोहन प्रतिष्ठान दोलखाका अध्यक्ष शिबप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरुले स्व. मनमोहन अधिकारीले गर्नु भएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । एकीकृत सामाजबादीका पोल्ट्रीव्यूरो सदस्य समेत रहनु भएका भण्डारीले स्व.मनमोहन अधिकारी तत्कालिन समयमा अन्तराष्ट्रिय जगतले समेत चर्चा गर्ने नेताको रुपमा चिनिनुभएको बताउनु भयो ।
सभामा आफ्नो मन्तब्य राख्नुहुदै राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँको योगदान अतुलनिय रहेको बताउनु भयो । त्यस्तै बागमती प्रदेशका सांसद भरत के.सीले अधिकारीले सुरुवात गर्नु भएको बृद्धबृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता जस्तो लोकप्रियले कार्यक्रमले अहिले पनि निरन्तरता पाइरहेको बताउनु भयो । गाउँ गाउँमा तत्कालिन गाविसका लागि बजेट पठाउदै अधिकारीले गाउँको विकास गर्न सुरुवात गर्नु भएको के.सी.को भनाई रहेको छ । नेपाली कांगे्रस दोलखाका पार्टी सभापति बर्मा लामाले अधिकारी प्रधानमन्त्री हुँदा उल्लेखनिय कार्य गरेको र मानिसले समाजमा स्मरणगर्न योग्य काम गर्नु पर्ने बताउनुभयो ।राष्ट्र निर्माणका लागि योगदान दिने व्यक्तिको अहिलेका युवापुस्ताको लागि अध्ययनको बिषय बनाईनु पर्नेमा लामाले जोड दिनुभयो । उक्त कार्यक्रममा एकीकृत समाजवादी पार्टी दोलखाका अध्यक्ष भीम प्रसाद दहाल, नेकपा एमालेका सचिब स्वयम बहादुर खड्का, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी , मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर , भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, नेपाल पत्रकार महाँसघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाईलगायतले मन्तब्य व्यक्त गर्नु भएको हो कार्यक्रममा दिवसको अवसर पारेर प्रतिष्ठानले ।असायहरुको साहारा बन्दै आएको आवाज नेपाल दोलखाकी अध्यक्ष सिर्जना कार्कीलाई नगद ५ हजार रुपैयाँ सहयोग गरेको छ ।

Shares

Be the first to comment on "दोलखामा २५ औं मनमोहन स्मिृति दिवस मनाइयो"

Leave a comment

Your email address will not be published.


*