नगरपालिकाले घटायो कम्पोष्ट विनको भाउ

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिकाले सहुलियत मुल्यमा वितरण गर्दै आएको कम्पोष्ट विनको भाउ घटाएको छ । अघिल्लो आर्थिक वर्षमा खरिद गरि सहुलियत मूल्यमा वितरण गरिँदेै आएका कम्पोष्ट विनको मूल्य नगरपालिकाले ५० प्रतिशत घटाएको हो ।कुहिने फोहोर मैलाबाट घरमानैं नगरवासिले कम्पोष्ट मल बनाउने भन्ने प्रयोजनको लागि नगरले खरिद गरी स्थानीयहरुलाई हजार रुपैयाँ प्रतिगोटा वितरण गर्ने गरिएकोमा अब स्टक बाँकी रहेका कम्पोष्ट विनहरु पाँचसय रुपैयाँमानै वितरण गरिने भीमेश्वर नगरपालिकाका प्रबक्ता तारानाथ चौलागाईंले जानकारी दिनुभयो । हरेक शुक्रवार नगरपालिकाबाट कम्पोष्ट विनहरु वितरण गरिने उहाँको भनाई छ । नगरले गतवर्ष देखि कम्पोष्ट विनहरु वितरण गर्दै आएकोमा स्थानीयहरुले मूल्य घटाउन समेत आग्रह गर्ने गरेको चौलागाईंले बताउनु भयो ।

Shares

Be the first to comment on "नगरपालिकाले घटायो कम्पोष्ट विनको भाउ"

Leave a comment

Your email address will not be published.


*