श्रीलंकाका प्रधानमन्त्रीद्धारा पूर्व मन्त्री पोखरेललाई सम्मान

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–, ग्लोबल पार्लियामेन्टरियन फोरम फर इभ्यालुयसनद्वारा आयोजित कार्यक्रममा श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमा सिंहेद्वारा पूर्व मन्त्री आनन्दप्रसाद पोखरेललाई सम्मान गरिएको छ ।
सेक्टेम्बर १७ देखि १९ सम्म श्रीलंकाको कोलम्बोमा सचालन भईरहेको ग्लोबल पार्लियामेन्टरियन फोरम फर इभ्यालुयसनद्वारा आयोजित इभेल कोलम्वो २०१८ कार्यक्रमका विभिन्न देशको २७० भन्दा बढि सांसदहरुको उपस्थितीमा उनले सो सम्मान पाएका हुन ।
विश्वाव्यापी रुपमा इभ्यालुयसनलाई स्थापित गर्न र नेपालको संविधानमा इभ्यालुयसनको बिषयलाई समावेस गराउँदै नेपाल सरकारलाई पनि यस मुद्दामा आत्मसात गराउन सफल उनले यागेदान गरे वापत अन्तर्राष्ट्रियरुपमा सम्मान प्रदान गरिएको जनाइएको छ ।
सन् २०१३ मा नेपालबाट आनन्दप्रसाद पोखरेल श्रीलंकाबाट यातयात, उच्च शिक्षा र लगनी मन्त्री कविर हसन लगायतले प्रारम्भ गरेको पार्लियामेन्टरियन फोरम फर इभ्यालुयस विश्वका ७० देशमा फैलिएको छ ।
पूर्व मन्त्री पोखरेलले यस फोरमलाई विश्वव्यापी बनाउन महत्वपूर्ण भूमिका खेल्नुका साथै नेपालको संसद तथा संविधान सभामा इभ्यालुयसनको विषय स्थापित गरी संविधानमा इभ्यालुयसनको दफामा समावेसीता लैङ्गिक समानता, सुशासन र परदर्शिताको बिषयलाई समावेस गराउन सफल भएका थिए ।
नेपालले इभ्यालुयसनको ऐकिकृत राष्ट्रिय कार्ययोजना २०१६ मा निर्माण गरी यसलाई कार्यान्वयनको तहसम्म पु¥याउन र विश्व दिगो विकास लक्ष्य २०३०लाई हाँसिल गर्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकाले उनलाई सम्मान गरिएको कमिनिटी इभ्यालुटरस् अफ साउथ एसयिा का अध्यक्ष गणपती ओझाले बताए ।
पोखरेल, ग्लोबल पार्लियामेन्टरियन फोरम फर इभ्यालुयसनका संस्थापक सदस्य तथा कार्यसमिति सदस्य हुनुहुन्छ भने पार्लियामेन्टरियन फोरम फर इभ्यालुयसन अफ नेपालका संयोजक पनि हुन ।

 

Shares

Be the first to comment on "श्रीलंकाका प्रधानमन्त्रीद्धारा पूर्व मन्त्री पोखरेललाई सम्मान"

Leave a comment

Your email address will not be published.


*